पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ जान लागेको यति एयरलाइन्सको जहाजमा सोमबार(आज) मुसा देखिएको छ।
मुसा देखिएपछि उक्त उडान स्थगन गरिएको छ भने त्यसका यात्रुलाई अर्को जहाजमा काठमाडौँ पठाइने तयारी गरिएको छ।
यति एयरलाइन्सको उडान नम्बर ६७८ मा मुसा देखिएको हो। ११ः५० मा उक्त जहाज काठमाडौँ उड्न लाग्दा मुसा देखिएको हो।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि उक्त जहाजमा काठमाडौं जाँदै थिए । पोखरा विमानस्थलका अनुसार मुसा देखिएपछि उडान स्थगन गरेर खोजी गरिएको हो।