विश्वभर ४ लाख ७४ हजार संक्रमित थपिए, ५ हजार २९५ जनाको मृत्यु

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०६:५९ मा प्रकाशित

काठमाडौँ । विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् भने ५ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ ।


थपिने संक्रमितको संख्या प्रायजसो युरोपका मुलुकहरुमा धेरै छ । तीमध्ये जर्मनीमा ४९ हजार ३११, अमेरिकामा ३९ हजार ५६७, फ्रान्समा ३७ हजार २१८, रुसमा ३३ हजार ९४६, पोल्याण्डमा २६ हजार १८२, नेदरल्याण्डमा २२ हजार ३१ र बेल्जियममा २१ हजार ७७२ जना थपिएका हुन् ।


मृत्यु हुनेमा पनि युरोपकै मुलुकहरुमा धेरै देखिएको छ । सबैभन्दा धेरै रुसमा एक हजार २३९, युक्रेनमा ५६८, पोल्याण्डमा ३७८, जर्मनीमा १७० र जर्मनीमा १३१ जना रहेका छन् ।


संक्रमणमुक्त हुनेमा अमेरिकामा ३९ हजार ४०९, रुसमा ३६ हजार ४९४, जर्मनीमा २७ हजार ८००, युक्रेनमा २२ हजार ९४६, पोल्याण्डमा २२ हजार ६३० र अस्ट्रियामा ११ हजार ६९७ जना छन् ।


यस्तै एसियामा टर्कीमा २५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७५९ जना संक्रमित थपिएका छन् । मलेसियामा ५ हजार ९७ जना थपिँदा ५ हजार बढी निको भएका छन् ।