धनगढीमा महोत्सवमा पल शाहको ३ तोलाको ब्रासलेट हराएपछि

न्युजलय २ पुस २०८०, सोमबार १२:२१ मा प्रकाशित

काठमाडौँ । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा अभिनेता पल शाहको ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।

प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने बताइएको छ । ब्रासलेट  हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ ।