प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख खापुङले लिए शपथ

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार(आज) शीतल निवासमा आयोजित विशेष समारोहमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। उनीहरूलाई राष्ट्रपति भण्डारीले २३ कात्तिकमा प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।