मोरङ । प्रदेश १ सभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक शुक्रबार (आज) बस्दै छ । आजको बैठक बसेपछि प्रदेशसभाको चालु बजेट अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने छ ।
असोज १ गतेबाट प्रदेशसभाको म्याद समाप्त हुने भएकाले यो नै प्रदेशसभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक हुने छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङलेर प्रदेश मन्त्रिपरिषद्को भदौ १२ गतेको निर्णय बमोजिम शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
अभिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जानकारी गराएपछि सभामुख प्रदिपकुमार भण्डारीले शुक्रबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएका हुन् ।
प्रदेशको नामकरणै नगरी प्रदेशसभाको कार्यकाल सकिन लागेको छ । सात वटामध्ये छ वटा प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ मा मात्रै प्रदेशको नामाकरण नगरी प्रदेशसभाको म्याद सक्न लागेको छ ।