चितवन । चितवनमा एक गैँडा मृत अवस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै करिब दुई वर्षको गैँडा मृत अवस्थामा फेला परेको हो । निकुञ्जले गैँडा बाघको आक्रमणबाट मरेको बताएको छ ।
निकुञ्जमा चालु आर्थिक वर्षमा विभिन्न कारणले २२ वटा गैँडा मरिसकेको बताइएको छ ।