थप ८ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय १२ चैत २०७८, शनिवार १०:१९ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या शून्यतर्फ उन्मुख हुन थालेको छ। 

पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २ सय १० संक्रमित  निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन्। 

हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।