काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा तीन लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार तीन लाख छ हजार ६४ जना नयाँ संक्रमित भएका हुन ।
अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो ।
त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ रहेको छ ।