थप २५९ संक्रमित थपिए, एक जनाको मृत्यु

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०४:२७ मा प्रकाशित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । 

९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । 

आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।