भारतमा थपिए ३ लाख ३३ हजार बढी कोरोना संक्रमित

न्युजलय ९ माघ २०७८, आइतबार १०:४४ मा प्रकाशित

काठमाण्डौ ।  भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ।

१८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

भारतमा पछिल्लो दुईदिनदेखि कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। शुक्रबार ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शनिबार भने ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको थियो।आज संक्रमितको संख्या हिजोभन्दा ४ हजार १७१ कम रहेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५९ हजार १६८ जना कोरोना संक्रमणबाट मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २०५ पुगेको छ। थप ५२५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।