काठमाडौँ । काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ढोका बन्द नभएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।
उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो । यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको बताइएको छ ।