भारतमा थप १,९०९ जनामा कोरोना पुष्टि, ६९ जनाको मृत्यु

न्युजलय ५ चैत २०७८, शनिवार ०६:५९ मा प्रकाशित

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख ५ हजार ९१४ पुगेको छ। तीमध्ये हालसम्म ४ करोड २४ लाख ५८ हजार ५४३ जना निको भइसकेका छन् ।


पछिल्लो एक दिनको अवधिमा ६९ जना संक्रमितको मृत्यु भएको छ ।


यससँगै मृत्यु हुनेको कूल संख्या ५ लाख १६ हजार ३८१ पुगेको छ।