प्रचण्डप्रति सुवासचन्द्र नेम्वाङको कटाक्षः कोशी प्रदेशको नाम फेर्न एमालेले शर्तबन्दी गर्दैन

न्युजलय २५ साउन २०८०, बिहिबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन्।

बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन्।

बुधबार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गराएका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोशी प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन्।

उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरी दृढतापूर्वक उभिने बताए।