अस्पताल लगिएका कैदी हतकडीसहित भागे, प्रहरी निलम्बनमा

न्युजलय ९ भदौ २०७९, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौँ । हत्या अभियोगमा २० वर्ष कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाटै भागेका छन् । नख्खु कारागारमा कैदी भोला बुढाथोकी बुधवार महाराजगन्जस्थित टिचिङ अस्पतालबाट भागेका हुन् ।

आँखामा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उनको आधा कैद भुक्तान हुने बेला भइसकेको समयमा हतकडी सहित फरार भएका हुन् । कैदी फरार भएपछि मिलेमतोको शंकामा प्रहरीले छानबिन समिति गठन गरेको छ ।

प्रहरी कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरि छानविन अघि बढाइएको छ ।