आकाश भैरवको मूर्ति चोरी

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०६:४८ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मूर्ति चोरी भएको छ । 

महानगरीय प्रहरी वृत्त, स्वयम्भूकाका अनुसार मंगलबार(आज) बिहान मन्दिरमा रहेका दुईवटा मूर्तिमध्ये आकाश भैरवको मूर्ति चोरी भएको हो ।

करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति मोटरसाइकलमा आएको समूहले उठाएर लगेको जनाइएको छ । आफूलाई ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पुजारीले बयान दिएको प्रहरीले बताएको छ । 

मूर्ति चोरीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।