काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र–२०८० को नतिजा सार्वजनिक गरेको छ ।
गत कात्तिक १८ गते आयोगले लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । आयोगले लाईसेन्स परीक्षामा ५० वटा वस्तुगत प्रश्न सोध्ने गरेको छ । एउटा प्रश्नको अंकभार २ रहेको छ । लाईसेन्स परीक्षा उर्तिण हुनका लागि कम्तिमा ५० नम्बर ल्याउनुपर्छ ।
आयोगले लिएको परिक्षामा देशभरबाट एक लाख ५१ हजार १२ जना परीक्षार्थी सहभागी थिए । सहभागी परीक्षार्थीमध्ये १३ हजार सात जनामात्रै पास भएका छन् । कूल परीक्षार्थी मध्ये ८ दशमलव ६१ प्रतिशतमात्रै पास भएका छन् । आयोगले लिएको परीक्षामा ९१ प्रतिशतभन्दा बढि फेल भएका छन् ।