इटहरी । सुनसरीको इटहरीमा “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा विस्तार भएको छ ।
बिहीबार सिड्नी बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको चौथौ शाखा इटहरी ४ स्थित आइतबारे खुलेको हो ।
उद्योग वाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथ्यतामा उक्त “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको हो ।
नेपाली विद्यार्थीहरुलाई डेनमार्क, अष्ट्रेलिया, क्यानडा, युके उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको शाखा विस्तार गरिएको हो । “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रले विद्यार्थीहरुको लागि आवश्यक विभिन्न सुझाव, सहकार्य सेमिनार गर्ने सन्चालक बादल बरालले बताएका छन् ।
उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, हिसान कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश दुलाल, जनता बहुमुखी क्याम्पस इटहरीका सञ्चालक समिति अध्यक्ष बिकास केसी, “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस सिइओ अनिस गौतम, इटहरी शाखा प्रमुख सुजन पुरी लगायत समाजसेवी, बुद्धिजीवी, शिक्षाविदहरुको उपस्थित रहेको थियो ।