काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन्।
आइतबार आएको पिसिआर रिपोर्ट अनुसार उनी कोरोनामुक्त भएका हुन्।
प्रचण्डलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै माओवादीका अधिकांश शिर्ष नेता तथा कार्यकर्तामा संक्रमण भएको थियो।