यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २ बैशाख २०७९, शुक्रबार १२:४८ मा प्रकाशित

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।


दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।