दाङ । दाङको राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी घाइते भएका छन् ।
लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको बताइएको छ ।
डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएकोे छ ।
डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए।