काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ३४१ जनाको नमुना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
परीक्षणमध्ये ५ हजार २१८ जनाको पिसिआर परीक्षण र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।
यही अवधिमा ४०० जना कोरोनामुक्त हुँदा हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेको छन् ।