विराटनगर । नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बो कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा बन्ने भएका छन् । सत्ता गठबन्धनका दलहरूले पुर्वअर्थमन्त्रीसमेत रहेका आङ्बोलाई अर्थमन्त्री बनाउने सहमती गरेका हुन् ।
अब आङ्बोले अवसरको सदुपयोग गर्नका लागि गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। यता राप्रपासमेत सकारात्मक रहेको बताइएको छ । तर उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ८ बजेको पदाधिकारी बैठकले निर्णय गर्ने सम्भावना छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि शुक्रबार साँझसम्ममा दाबी गर्नु पर्नेछ।