देशभर आज थप २२० जनामा कोरोना पुष्टि

न्युजलय १५ पुस २०७८, बिहिबार ०२:०४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिइन् । 


योसँगै सक्रिय संक्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ । संक्रमण दर ३.२ प्रतिशत रहेको उनले जानकारी दिइन् । पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ ।