पानीमा डुबेर इटहरीका एकसहित दुई जनाको मृत्यु

न्युजलय २५ भदौ २०८०, सोमबार १०:३५ मा प्रकाशित

सुनसरी । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागी  जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ।  

यसैगरी इटहरी–४ मनकामना चोकमा रहेको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।