थप ५९ जना कोरोना संक्रमण पुष्टि

न्युजलय २ असोज २०७९, आइतबार १०:५९ मा प्रकाशित

 काठमाडौं । गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो। आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। 

हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्।