कुवेतमा एक नेपाली कामदारको मृत्यु

न्युजलय १७ पुस २०७८, शनिवार ०९:१८ मा प्रकाशित

दोहा । वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ ।


रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातबाट मृत्यु भएको हो ।


उनलाई हृदयाघात भए लगतै कुवेतको एक अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।


विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए ।


मृत्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो शव नेपाल पठाइने दूतावासले जनाएको छ ।


उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ ।