एमाले महाधिवेशनमा सकियो मतदान

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ११:०७ मा प्रकाशित

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ। मंगलबार(आज) बिहान ४ बजेबाट सुरु भएको मतदान साढे १० बजे सकिएको हो। 

विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो। 

२ हजार १ सय ७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा २ हजार बढी मत खसेको जनाइएको छ। कति मत खस्यो भन्नका लागि मतको ट्याली गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। 

५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो। 

अब प्राविधिक काम सकाएर मतगणना सुरु गरिने जनाइएको छ ।  अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा मतदान भएको हो।