आगलागीमा परेर तीन बालबालिकासहित चार जनाको मृत्यु

न्युजलय ९ मङ्सिर २०८०, शनिवार १०:२४ मा प्रकाशित

बर्दिया । बर्दियाको गुलरियामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ।

शुक्रबार राती गुलरिया नगरपालिका–४ तुलापुरस्थित करिस्मा चन्दको घरमा सुतिरहेको समयमा आगलागी हुँदा तीन बालबालिकासँगै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन्।

२८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ।

राति करिव १० बजे आगलागी भएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साँझ खाना खाइसकेपछि आगो तापेर सुतेको र त्यसैबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।