आज देशभर ३७२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

न्युजलय १३ कार्तिक २०७८, शनिवार ०८:२४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप ३७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।


हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।


हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।