जवानदेखि वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

न्युजलय १७ चैत २०७८, बिहिबार ०१:१५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी सुरु भएको छ । १६ वर्ष बनाउने प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।


मन्त्रिपरिषद् बैठकले पारित गरे जवान, सहायक हवलदार, हवलदार र वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष हुने छ । यसैगरी सहायक निरीक्षक (असई, नायब निरीक्षक) सई र वरिष्ठ सईको पेन्सन अवधि १८ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।


निरीक्षकदेखि आइजिपीसम्मको पेन्सन अवधि भने २० वर्ष नै कायम गर्न प्रस्ताव गरिएको छ । २०६० चैत २६ गते अघि नेपाल प्रहरीमा सेवा प्रवेश गरेका जवान र हवलदारको हकमा पेन्सन अवधि १६ वर्ष र असई र सईको हकमा पेन्सन अवधि १८ वर्ष रहेको छ । तर त्यसपछि सेवा प्रवेश गरेकाको हकमा सबै दर्जाका लागि पेन्सन अवधि २० वर्ष बनाइएको थियो ।