संसदमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

न्युजलय १० साउन २०८०, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ।

बुधबार(आज) प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गरिनुपर्ने र नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए।

‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले सरकारलाई रूलिङ गर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीकै संरक्षकत्वमा क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ।’