राष्ट्रपति निर्वाचित भएको ५ महिनापछि पौडेल निजी निवास बोहोराटार पुगे

न्युजलय २० साउन २०८०, शनिवार ०६:२१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएको ५ महिनापछि रामचन्द्र पौडेल शनिबार(आज) निजी निवास बोहोराटार पुगेका छन्।

गत बर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि शनिबार घर पुगेका पौडेल छरछिमेकीसहित आफन्त र शुभचिन्तकहरुसँग भलाकुसारी गरेका थिए।