काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निवन्ध मात्रै रहेको बताएका छन् ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले सन्देशमा विधेयकको कुनचाहीँ बुँदा र दफा संविधान विपरित छ भन्ने कुरा उल्लेख नगरिएका कारण निबन्धजस्तो रहेको बताएका हुन् ।
‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ,’ उनले भने ।