स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १० घाइते

न्युजलय ३० बैशाख २०७९, शुक्रबार ०५:५६ मा प्रकाशित

स्याङ्जा । स्याङ्जाको वालिङ–१४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको  ग २ च ३०२६ नम्बरको जीप  पर्वत जोड्ने सडकबाट झरेको हो ।

१० जना घाइतेलाई उपचारका लागि लगिएको बताइएको छ । उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।