धनुषा । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरिएको हो ।
धनुषा प्रहरीका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको जनाएको छ ।