विराटनगरमा एक सय ९६ किलो गाँजा बरामद

न्युजलय ७ मङ्सिर २०८०, बिहिबार १२:४६ मा प्रकाशित

विराटनगर । विराटनगरबाट बिहीबार (आज) बिहान प्रहरीले एक सय ९६ किलोग्राम गाँजा बरामद गरेको छ ।

विराटनगर –१८ बाट प्रहरीले बिहान उक्त परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।

तर, यसको कारोबार, ओसारपसार र भण्डारणमा संलग्न भने भेटिएनन् । कारोबारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

विशेष सुराकीका आधारमा गाँजा बरामद गरिएपनि यसको ओसारपसार र भण्डारणमा संलग्नको भने पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।