सुनको मूल्य फेरि बढ्यो

न्युजलय २८ चैत २०८०, बुधबार १२:५० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बुधबार फेरि नयाँ उचाईमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाकै १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो। तोलामा ५ सय रुपैयाँ बढेपछि तेजाबी सुन पनि १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदी पनि तोलाकै १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेपछि बुधबार चाँदीको मूल्य पनि उच्च भएको छ।