कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य जटिल बन्दै

न्युजलय ४ भदौ २०७९, शनिवार ०१:४२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।  


भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना भएका थिए । आज गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उनको स्वास्थ्य अवस्थाप्रति स्तब्ध र निरीह भएको बताउँदै ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन् ।