दोलखामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०१:५२ मा प्रकाशित

काठमाण्डौ । दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।


बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


दुर्घटनामा घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।