काठमाण्डौ । पछिल्लो समय डेंगी संक्रमण बढेसँगै बजारमा पारासिटामोलको अभाव छ।
चिकित्सकहरुले सिटामोलबाहेकका औषधि सेवन नगर्न सिफारिस गरेपछि बिरामीहरु सिटामोल खोज्दै फार्मेसी धाइरहेका छन्। तर बजारमा भारतको उत्पादनबाहेक नेपालमा उत्पादित सिटामोलहरु पाइएको छैन्।
फर्मेसीहरुले बिरामीलाई सिटामोल बिनानै फकाइरहेका छन्। पछिल्लो समय बजारमा नेपाली कम्पनीहरुको भन्दा बिदेशी कम्पनीहरुले उत्पादन गरेको पारासिटामोल धेरै देखिने गरेको औषधी व्यवस्था विभागले जनाएको छ ।
औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बजारमा पारासिटामोलको माग धेरै भएर अभाव सिर्जना भएको बताउँछन्।
डेंगी संक्रमणले गर्दा पारासिटामोलको माग उच्च भएको र उत्पादन पहिलाकै तुलनामा हुँदा पारासिटामोल अभाव भएको उनको भनाइ छ।