ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
अर्को सूचना जारी जारी नहुन्जेल प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन, विभिन्न कार्यक्रमहरू गर्न नपाउने सूचना जारी गरेको बताइएको छ ।
कोरोनाको बढ्दो चापलाई मध्यनजर गर्दै अत्यावश्यक रूपमा नियमित कार्यक्रम गर्नुपरे प्रशासनको अनुमति लिएर मात्र गर्नुपर्ने बताइएको छ ।
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गरेकोसमेत जनाइएको छ ।