राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज बस्दै

न्युजलय २७ माघ २०७८, बिहिबार ०१:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज बिहान ११ः३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।


निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।


बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।