काठमाडौंका मेयर साहद्वारा हिमालय टेलिभिजनकर्मीमाथि दुर्व्यवहार

न्युजलय ३२ जेठ २०७९, बुधबार ०९:५१ मा प्रकाशित

 काठमाडौं । हिमालय टेलिभिजन सहकर्मीमाथि काठमाडौंका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । 

टेकुस्थित फोहर संकलन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सहकर्मीलाई साहले व्यक्तिगत धम्की दिएका हुन् । 

मेयर साह टेलिभिजनको गाडी परिसरबाट जबरजस्ती हटाउने मात्र नभै फोहर व्यवस्थापनसम्बन्धी खिचिएको भिडियोसमेत मेटाउन लगाएका छन् ।