काठमाण्डौ । पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
यसैगरी विष्फोटमा परी ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।
पेशावरस्थित रहेको एक मस्जिदमा बम विष्फोट भएको हो । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।