सार्वजनिक भयो निर्वाचन तालिका : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

न्युजलय ५ चैत २०७८, शनिवार ०१:२४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । सोअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ।

१२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको छ । आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने जनाएको छ। 

आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको छ।