राप्रपा नेपाल प्रदेश १ को अध्यक्षमा भट्टराई, लुम्बिनीमा पौडेल

न्युजलय २० चैत २०७८, आइतबार १२:४७ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश नम्बर १ र लुम्बिनीमा पार्टीको अध्यक्षमा दुई जनालाई मनोनीत गरेका छन् ।


थापाले पार्टीको विधान अनुसार प्रदेश १ अध्यक्षमा वासुदेव भट्टराई र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेललाई मनोनीत गरेका हुन् ।


यसअघि मधेस प्रदेशमा राम नरेश यादव र गण्डकी प्रदेशमा राजेन्द्र बहादुर अधिकारीको मनोनयन भैसकेको छ ।