अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा १६ जनाको मृत्यु

न्युजलय २० माघ २०७८, बिहिबार ०१:२३ मा प्रकाशित

एजेन्सी । अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी गम्भिर बिरामी परेका छन् ।

अर्जेन्टिनाको ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन सेवन गर्दा १६ जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य पदार्थ मिसाएका हुन् वा नियतवश विषाक्त पदार्थ मिसाएका हुन् भन्नेबारे छानविन भईरहेको छ । 

प्रहरीले विषाक्त कोकिन कारोबारको आशंकामा ९ जनालाई पक्राउ गरेको छ ।