देशभर आज थप ६८० जनामा कोरोना पुष्टि

न्युजलय ४ फाल्गुण २०७८, बुधबार १२:२३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना भाइरस संक्रमण थपिएको छ ।


७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

आज ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।


पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


सोही अवधिमा १ हजार ८३५ जनाले कोरोनालाई जितेका छन् ।


आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ । अहिले देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित छन्।