बढ्यो सुनको मूल्य

न्युजलय २२ चैत २०८०, बिहिबार ११:५९ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज प्रतितोला एक हजारले बढेर सुनको हालसम्मकै उच्च मूल्य कायम भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य पुगेको हो।

तेजाबी सुन आज एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। चाँदीमा ४० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।