सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १७ असोज २०८१, बिहिबार ११:४६ मा प्रकाशित

 काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ तोकिएकोमा आज बढेर १ लाख ६० हजार ९ सय रुपैयाँ पुगेको हो । 

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय ५० रुपैयाँ पुगेको हो ।